होटल व्यवसायी महत मृत फेला


झापा,९ भदौ ।
छिमेकी नगरपालिका कनकाईका एकै परिवारका तीन जना झुन्डिएको अवस्थामा मृत फेला परेको दुई दिन बित्न नपाउँदै अर्जुनधारा नगरपालिका ५ मा होटल व्यवसायी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
अर्जुनधारा–५ स्थित लक्ष्मीपुरमा आफ्नै बन्दै गरेको घर तथा होटलमा ती व्यवसायी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार ४० वर्षीय राजेश महत राति करिब २ बजेतिर घरबाट निस्केका थिए । बिहान परिवारका सदस्यले बन्दै गरेको घरमा झुन्डिएको अवस्थामा उनको शव देखेपछि स्थानीयबासी तथा प्रहरीलाई खबर गरेका थिए ।
उनी मानव होटलका सञ्चालक पनि भएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ । घर बनाउँदै गरेको अवस्थामा उनले बैंकबाट कर्जा लिने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।
आर्थिक लेनदेनकै कारण केही दिनदेखि उनी मानसिक तनाव खेप्दै आएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.