भीरबाट लडेर पाँचथरमा एक जनाको मृत्यु

पाँचथर,८ भदौ । फिदिम नगरपालिकाका एक वृद्धको लडेर मृत्यु भएको छ । सोमबार मलामी गइ फर्कने क्रममा वडा नं १४ स्थित बाँसबोटेको भीरबाट खसेर वडा नं ८ घलेगाउँका ६५ वर्षीय पद्मबहादुर राईको मृत्यु भएको हो ।

उनी घर नआएकाले छोराले खोजी गर्दै जाँदा गोरेटो बाटोबाट १०० मिटर तल मृत अवस्थामा फेला पारेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.