नेकपा एकीकृत समाजवादीद्वारा १० बुँदे स्थापना घोषणा पत्र जारी

काठमाडौँ ,८ भदौ । माधव कुमार नेपाल अध्यक्ष रहने गरि प्रस्तावित नेकपा (एकीकृत समाजवादी ) पार्टीले माक्र्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्त रहने गरि पार्टीको १० बुँदे स्थापना घोषणा पत्र जारी गरेको छ ।
काठमाडौँको चन्द्रागिरिमा भएको पार्टीको पहिलो बैठकले घोषणा पत्र जारी गरेको हो ।
घोषणा पत्रमा भनिएको छ, ‘माक्र्सवाद–लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्वदृष्टिकोण र श्रमजीवि वर्गको मुक्ति एवम समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त हो । यसमा रहेको द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण, परिवर्तनकारी दृष्टिकोण, श्रमजीवि वर्गको पक्षपोषण गर्ने दृष्टिकोण, जन–सार्वभौमसत्ताको दृष्टिकोण र सिद्धान्त र व्यवहारबिच एकरुपताको दृष्टिकोणजस्ता मूलभूत सैद्धान्तिक प्रस्थापनाहरु आज पनि उत्तिकै सान्दर्भिक छन् ।’
माक्र्सवाद कुनै जडसूत्र नभएर एक गतिशील वैज्ञानिक सिद्धान्त रहेको उल्लेख गरिएको छ । यसको प्रयोग सिर्जनात्मक रुपमा हुनु पर्ने पनि घोषणा पत्रमा उल्लेख छ । घोषणा पत्रमा भनिएको छ, ‘सामाजिक–आर्थिक–सांस्कृतिक रुपान्तरणमार्फत नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख व्यवस्था प्राप्तिको दिशामा अग्रसर हुनेछ । नेपाल कम्युनिष्ट पार्टीले सुरुदेखि नै अगाडि सार्दै आएको वैज्ञानिक समाजवाद स्थापना गर्ने महान लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढ्नेछ ।’

Leave a Reply

Your email address will not be published.