दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १० दिन निषेधाज्ञा लागू

खोटाङ २ भदौ । कोरोना सङ्क्रमण बढेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १० दिनका लागि निषेधाज्ञा लागू गरिएको छ। नगरक्षेत्रमा सङ्क्रमित हुने दर नरोकिएपछि मङ्गलबारदेखि यही भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।

नगरपालिकाभित्र सञ्चालन हुँदै आएको हाटबजार, सरकारी तथा वित्तीय कार्यालयको सेवा, यातायातका सवारी साधन पूर्णरूपमा ठप्प बनाइने नगरप्रमुख दीपनारायण रिजालले जानकारीदिए।

पन्ध्र वडा रहेको नगरपालिकाभित्र सङ्क्रमितहुने संख्या दिनानुदिन थपिदैगएको पाइएपछि उच्च सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको जनाउँदै गत साउन २७ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले १० दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो।

बन्द अवधिभर नगरभित्रका हाटबजार, सभा सम्मेलन, जुलुस, धार्मिक क्षेत्रमा हुने पूजालगायतका भीडभाड हुने सबै क्षेत्र बन्द रहने र नगरभन्दा बाहिरबाट पूर्वस्वीकृति लिएर आउने नगरवासीले अनिवार्य १५ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरिएको छ।

कोभिड अस्पतालले सिफारिस गरेका बिरामीलाई मात्र नगरपालिकाले सिफारिस गरेको अस्पतालमा गाडीमार्फत पुर्‍याउने, नगरभित्रका सम्पूर्ण सरकारी, अत्यावश्यक सेवाका लागि बाहिर निस्कनुपरेमा जनस्वास्थ्यका मापदण्ड अपनाएर उच्च स्वास्थ्य सतर्कता अपनाएर मात्र निस्कन सर्वसाधारणलाई आग्रह समेत गरिएको छ ।

नगरपालिकामा पछिल्लो समय सक्रिय सङ्क्रमितको सङ्ख्या १३४ रहेको नगर स्वास्थ्य शाखा प्रमुख तीर्थ आचार्यले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.