
मोरङ, २ भदौ । बेलबारी नगरपालिका १० भाउन्ने चोकस्थित झापाली होटलबाट नियन्त्रित लागू औषध सहित ३ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा बेलबारी नगरपालिका १ का २४ बर्षीय रोमन राई, पथरीशनिश्चरे नगरपालिका ४ का २९ बर्षीय अनुप राई र पथरीशनिश्चरे नगरपालिका ४ कै २९ बर्षीय बिशाल राई रहेका छन् ।
हिजो बेलुका करिव ५ बजे प्रहरी चौकी डागिहाटबाट खटिएको प्रहरी टोलीले झापाली होटलमा बसेका उनिलाई चेकजाँच गर्दा प्रमाडोल क्याप्सुल ७०० थान, स्पास्पेन गोटी ७०० थान फेला पारेको थियो ।
पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय बेलबारीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।