झापाका दुई लाख नागरिकले लगाए कोरोना खोप

दमक,३१ साउन । झापाका करिव २ लाख नागरिकले कोरोना विरुद्ध खोप लगाई सकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लाका १५ वटै स्थानीय तहमा दुई चरणमा गरि हालसम्म कुल १ लाख ९५ हजार ४८ डोज खोप झापाबासीले कोभिड विरुद्धको कोभिसिल्ड, भेरोसेल र जोनसन खोप लगाएका हुन् । ती मध्ये पहिलो डोज १ लाख ७४ हजार ४ सय ५९ जनाले लगाइसकेका छन् भने २० हजार ५ सय ८९ जनाले दोस्रो डोज समेत पाईसकेको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।
उहाँका अनुसार जिल्लामा ६१ हजार ८ सय २ जनाले कोभिसिल्ड खोप लगाएका छन् भने भेरोसेल पहिलो चरणमा ७५ हजार ७ सय १४ र दोस्रो डोज १२ हजार २ सय ९० जनाले लगाएका छन् । झापामा भेरोसेल लगाउनेको संख्या ८८ हजार ४ जनाले पुगेको छ ।
ती मध्ये झापाको दमकले सबैभन्दा धेरै नागरिकले खोप लगाएका छन् । दमकका २७ हजार ५ सय ९२, मेचीनगरका २५ हजार २५, बिर्तामोडका २२ हजार ४ सय ९४ र भद्रपुरका २० हजार २ सय ६० जना नागरिकले खोप पाएका छन् ।..

Leave a Reply

Your email address will not be published.