
संखुवासभा, ३० साउन। खाँदवारी नगरपालिका (७ का ६९ बर्षीय जय चापागाईलाई लागूऔषध अफिम सहित पक्राउ गरिएको छ ।
हिजो दिउसो १२ बजे जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा चापागाईको घरमा लुकाई छिपाई राखेको लागूऔषध अफिम २०४ ग्राम फेला पारेको थियो । पक्राउ परेका चापागाई उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।