बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रणमा आयो

काठमाण्डौ २३ साउन । काठमाण्डौको बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रणमा आएको छ । औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट कारखानामा राति २ बजेदेखि लागेको आगो दमकल, पानी ट्याङ्कर र हेलिकप्टरको समेत प्रयोग गरी झण्डै ९ घण्टापछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।

क्षेत्रफल ठूलो भएकाले आगो निभाउन हम्मेहम्मे परेको प्रहरीको भनाइ छ । के कारणले आगलागी भयो भन्ने खुलेको छैन । क्षतिको विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.