
दमक,२२ साउन । आफूहरुको जग्गाबाट हाइटेन्सन लाइन लैजान लागेको भन्दै झापाको कमल गाउँपालिकाका ४,५ र ६ बासिन्दाले विरोध जनाएका छन् ।
नेपाल विद्युत प्राधिकरण गौरादह वितरण केन्द्रले जुरोपानीमा बनाएको सव–स्टेशनबाट गौरादहहँदै पाडाजुंगीको कावेली करिडोरसम्म हाइटेन्सन लैजान लागेपछि त्यस क्षेत्रका स्थानीयले त्यसको विरोध जनाएका हुन् । स्थानीयले भने आफूहरुको माग सुनुवाई नभएसम्म त्यहाँबाट कुनै पनि हालतमा हाइटेन्सन प्रसारण लाइन लैजान नदिने चेतावनी दिदैआएका छन् ।
विगत ४÷५ वर्षदेखि सो हाइटेन्सन लाइन लैजान प्राधिकरणले प्रयास गरेपनि स्थानीयको चर्को विरोधका बाबजुद प्रसारण लाइन लैजान सकेको छैन् । तर अहिले आएर फेरि सो प्रसारण लाइन बनाउने भनेर प्राधिकरणले घोषणा गरेपछि स्थानीयवासीहरु पुनः विरोधमा उत्रिएको स्थानीय भिमराज राईले बताए । विरोध स्वरुप उनीहरुले बुधबार सितापुरीसम्म मोटरसाइकल ¥याली समेत निकालेका छन् ।
स्थानीय अगुवा दुर्गा प्रसाद चौंलागाईले हाइटेन्सन प्रसारण लाइन ल्याउँदा कतिपयको घरनै उठाउनु पर्ने र सबैको निजी जग्गा समेत जाने भएकाले त्यसको विरोध गर्नुपरेको बताए । यहाँका १० धुर देखि १० कठठा सम्म जमीन भएका सडक छेउका बस्तीमा हाइटेन्टसन विस्तार गरिए त्यहाँका बासिन्दाहरु उठिबास हुनुपर्ने अवस्था आउने उनको भनाई छ ।
एशियाली विकास बैंकको परियोजनाबाट हाइटेन्टसन विस्थतार गर्न लागिएको हो । नेपाल विद्युत प्राधिकरण गौरादह वितरण केन्द्रका प्रमुख विजुली प्रसाद यादवले पटक पटक विद्युत जाने, भोल्टेज कम हुने र विद्युत आपूर्तिमा समस्या आए तत्काल समाधान गर्न सजिलो हुने भएकाले जुरोपानीमा बनेको सब–स्टेशनबाट पाडाजुंगीस्थित काबेली पावर स्टेशनसम्म विद्युत लैजान सो हाइटेन्सन बनाउने योजना रहेको वताए । यसका लागि विगत ४,५ वर्षदेखि नै प्रयास भएपनि स्थानीयवासीको विरोधका कारण काम गर्न नसकिएको उनले प्रष्टयाए ।
अहिले सो क्षेत्रमा दमकको स्टेशनबाट विद्युत आपूर्ति भइरहेकाले काबेली पावर स्टेशनबाट विद्युत लाँदा त्यहाँको लोड घटने र दमकलाई पनि फाइदा हुने उनले बताए । उनले भने , –‘ हाइटेन्सनबाट विद्युत विस्तार भए दमकसहित कमल, गौरादह र गौरीगञ्ज बासिन्दाले हाल भोग्नुपरिरहेको विद्युत आपूर्ति सम्बन्धी समस्या पनि समाधान हुने छ ।’ यसैवीच , पीडितहरुले गाउँपालिकाका उपाध्यक्ष बेनु शिवाकोटी, वडा नम्वर ५ का वडाध्यक्ष डम्बर बहादुर निरौला , वडा नम्वर ६ का वडाध्यक्ष नरेन्द्र भट्टराईलाई समेत भेटेर आफना माग दोहो¥याँएका छन् ।