घरको पर्खालले किचेर झापामा एक जनाको मृत्यु

झापा, २२ साउन। झापा गाउपालिका २ झापा बजारका ३५ बर्षीय रपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको छ । हिजो बिहान ९ बजे सोही स्थानका बिकाशअग्रावालको घर भत्काउने क्रममा घरको पर्खाल भत्किदा सिंह गम्भिर घाईते भएका थिए ।

सिंहको विएनसी अस्पताल विर्तामोडमा उपचारको क्रममा दिउसो २ बजे मृत्यु भएको हो । सिंह घर मिस्तृ काम गर्दै आएको ईलाका प्रहरी कार्यालय कुमारखोदले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.