सावित्री गिरीको गजल संङ्ग्रह ‘मनको छाल’ सार्वजानिक

काठमाण्डौं १७ साउन । गीतकार, गायिका, संगीतकार तथा गजलकार सावित्री गिरीको पहिलो गजल संङ्ग्रह ‘मनको छाल’ सार्वजनिक भएको छ ।

कृतिको प्रकाशक जरा फाउन्डेसन, काठमाडौले भर्चुअल माध्यमबाट एक कार्यक्रमगरि गजल संग्रह ‘मनको छाल’ को विमोचन गरिएको हो । गजलकार, गायिका शीतल कादम्विनीको प्रमुख आतिथ्यता, लोकगायिका हरिदेवी कोइरालाको विशेष उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

जरा फाउन्डेशनका अध्यक्ष कृष्ण प्रसाईंको सभापतित्वमा भएको कृति बिमोचन कार्यक्रममा प्रमुख अतिथि कादम्विनीबाट साहित्यकार गिरीले नेपाली भाषा र साहित्यका क्षेत्रमा पुरयाउको योगदानको चर्चा गर्दै आगामी दिनमा लेखन कलालाई अझ सशक्त बनाउदै निरन्तरताका लागि शुभकामना ब्याक्त गरेकी थिइन् ।

कार्यक्रममा साहित्यकार तथा जरा फाउन्डेसनका सल्लाहकार देवेन्द्र केसीले सो कृतिबाट गजल वाचन गरेका थिए । त्यस्तै लोकगायिका हरिदेवी कोइराला, कवि, हाइकुकार तथा साहित्यकार सुधीर ख्वबिले सो कृतिमाथि चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.