अखिल फोर्सको सहसंयोजकमा दमकका विद्यार्थी नेता भण्डारी चुनिए

दमक,१७ साउन । नेकपा एमाले माधव नेपाल समूहका विद्यार्थीले गठन गरेको अखिल फोर्सको केन्द्रीय सहसंयोजकमा दमकका विद्यार्थी नेता रोशन भण्डारी चुनिएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले युथफोर्स पुनर्गठन गरेपछि त्यसलाई काउन्टर दिन आफूहरुले अखिल फोर्स गठन गरिएको उनले दावी गरे ।
हालै राजधानीमा पार्टी नेतृत्वहरुको उपस्थितिमा अनेरास्ववियूले अखिल फोर्सको घोषणा गरेको हो । नेपाल समूहका अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले ओली समूहलाई ‘काउन्टर’ दिन अखिल फोर्स गठन गरेको र अब देशैभर संगठन निर्माण गरिने बताए ।
दमक बहुमुखी क्याम्पसका कार्यवहाक स्ववियू सभापति समेत रहेका विद्यार्थी नेता भण्डारीले अखिल फोर्स देशभरका क्याम्पस तथा जिल्लाहरुमा गठन गरिने बताए ।
अनेरास्ववियुका सह–अध्यक्ष वासिम आलमका अनुसार अखिल फोर्स तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय कमिटी गठन गरिएको हो । ‘शैक्षिक माफिया र अराजकता मच्याउनेका विरुद्ध परिचालन हुनका लागि अखिल फोर्स गठन गरेका हौं,’ आलमले भने ।

Leave a Reply

Your email address will not be published.