‘बोकेदाह्री’ फेरि केराको थम्बा लिएर बजारमा आए (भिडियो सहित)

इटहरी, १७ साउन । चर्चित हास्य–व्यङ्ग्य गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ ले नयाँ गीत बजारमा ल्याएका छन् । ‘केराको थम्बा’ बोलको गीत उनले युट्युबमार्फत सार्वजनिक गरेका हुन् । सो गित उनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । उनले गीतमार्फत मनोरञ्जनका साथै समाजलाई सचेतना मुलक सन्देश दिन खोजेको बताएका छन् ।

प्रतीक श्रेष्ठको छायाङ्कनमा बनेको सो गीतको भिडियोमा गायक बोकेदाह्रीका साथै केशव रायमाझी, कल्पना पाण्डे, प्रतीक श्रेष्ठ, सङ्गीता यादव, कृष्ण सुवेदी, रुविना गहतराज, भरत पोद्दारलगायतको अभिनय रहेको जनाएको छ । गीतको भिडियो केशव रायमाझीले निर्देशन तयार भएको हो ।
लुइटेलका यसअघिका एक बाउ किन्देउन भटभटे, बाँके बर्दिया, झापा सुरुङ्गा, तेरो बाउ थोते जस्ता एक दर्जनजति गीत लोकप्रिय बनिसकेका छन ।

Leave a Reply

Your email address will not be published.