
दमक,१६ साउन । झापाको दमक- ८ स्थित एक होटलमा तास खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर तीन बुङ तास, रु एक लाख ६० हजार रुपैयासहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।
दमक ५ बस्ने ३२ बर्षिय पदम लिम्बूले सञ्चालन गरेको होटल पेरुङगोमा जुवाजन्य खेल खेल्दै गरेको गोप्य सूचनाको आधारमा आज दिउँसो ४.४० वजे छापा मारेर होटल सञ्चालकसहित ६ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ पर्नेमा होटल सञ्चालम लिम्बू , दमक ५ का २९ बर्षिय कैलास लिम्बू , ३३ बर्षिय मोहन ढुङगाना , दमक ६ का ३८ बर्षिय द्रोर्णचार्य कार्की, ,५० बर्षिय प्रेम सुब्बा र ५० बर्षिय भिम सुब्बा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।
पक्राउ परेकाको साथबाट तीन बुङ तास,र खालमा ओछ्याएको कपडा समेत वरामद गरी आवश्यक कानुनी कारबाहीका इलाका प्रहरी कार्यालय दमकमा राखिएको उनले बताए ।.