
दमक,१५ साउन । दमकमा भोलि शनिवारसम्म सञ्चालन हुने भनिएको कोभिड- १९ विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । दमकमा कोरोना खोपको प्राप्त भायल सकिएपछि खोप कार्यक्रम स्थगित गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
शनिवार सार्वजनिक यातायातका चालक, सहचालक, शिक्षक लगायत सरकारले अग्रभागमा खटिने भनेर तोकिएका ब्यक्तिहरुलाई कोरोनाको खोप लगाउने पूर्व निर्धारित कार्यक्रम रहेको भएपनि खोप नभएकाले हाललाई खोप सेवा स्थगन गरिएको नगरपालिका बरिष्ठ प्रशासकीय अधिकृत यज्ञराज निरौलाले जनाएका छन् । दमकमा लक्षित समूहलाई ६४०० भायल भेरोसिल उपलव्ध भएको थियो । तर खोप शुरु गरिएको तीन दिनमानै सवै खोप सकिएको र आउन साथ लक्षित समुदायलाई खोप लगाईने उनले जनाएका छन् । जसअन्तर्गत दमक १ मा ६४४, वडा न २ मा ८४०, वडा न. ३ मा ७२२ ,वडा न. ४ मा ८९६ ,वडा न ५ मा ३६८,वडा न. ६ मा ५००,वडा न. ७ मा ५७६, वडा न. ८ मा ७०८, वडा न.९ मा ४६६ र वडा न. १० मा ६४० जनालाई खोप लगाईएको उल्लेख छ । खोप लगाएकामा पुरुष भन्दा महिलाको संख्या धेरै रहेको जनाइएको छ । जसमा महिलाको संख्या ३००५ छ भने पुरुषको संख्या २७३५ रहेको छ ।