मोरङ, १५ साउन। बेलबारी नगरपालिका ९ तिनकुटिया स्थित सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक बेलबारी ९ का २८ बर्षीय उमेश चौधरी रहेका छन् । हिजो राती १० बजे दक्षिणबाट उत्तर जादै गरेको प्र।१(०२(०४३प ५७६८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको साईडमा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो । सो दर्घटनामा परि गम्भिर घाईते भएका चौधरीको न्युरो अस्पताल विराटनगरमा राती ११ बजे मृत्यु भएको हा । यसैगरि सोहि मोटरसाईकल पछाडी सवार सोही स्थानका ३० बर्षीय श्रवण कुमार विश्वास घाईते भएको र उनको सोहि अस्पतालमानै उपचार भोइरहेको प्रहरीले जनाएको छ ।