दमकमा रोटरीको आफनो छुट्टै विपत कोष

क्लवको विपत कोषमा सहयोग उपलव्ध गराईदै


दमक,१३ साउन ।
रोटरी क्लव अफ दमकले विपतका समयमा राहत तथा उद्दारमा सहयोग पुरयाँउन आफनो छुट्टै कोष स्थापनाको शुरुवात गरेको छ । दमकमा रोटरी क्लवले पहिलोपटक विपत राहत कोष स्थापना गरेको क्लवका अध्यक्ष भरत चम्लागाईले बताएका छन् ।
क्लवका बर्ष २०२१ का अध्यक्ष चम्लागाईका अनुसार क्लवले विभिन्न सामाजिक कार्यक्रमलाई निरन्तरता दिनुका साथै विपतका बेला थोरै भएपनि प्रत्यक्ष राहत पुरयाँउन राहत कोष बनाउन शुरुवात गरिएको छ । कोषमा हालसम्म करिव ४ लाख रुपैया संकलन भईसकेको छ ।
कोषमा क्लवका सदस्यहरुबाट स्वेच्छिक रुपमा सरसहयोग जुट्ने क्रम रहेको छ । कसैले व्यक्तिगत रुपमा सहयोग दिएका र कतिपय सदस्यहरुले दैनिक १० रुपैया संकलन गरि बार्षिक रुपमा एकमुष्ठ सहयोग उपलव्ध गराउन थालेको अध्यक्ष चम्लागाईले बताए । कोषमा उनले १ लाख दिएका छन् भने क्लबका प्रेसिडेन्ट ईलेक्टेड पशुपति बरालले १ लाख २५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको क्लबका सचिव झलराज गौतमले बताए ।
यसैगरि क्लवको बर्ष २०२१ को समितिले दमक क्षेत्रका गरिव तथा जेहेन्दार तीन जना विद्यार्थीलाई कक्षा ११ र १२ सम्म निशूल्क अध्ययनको व्यवस्था गरिएको अध्यक्ष चम्लागाईले बताए । यस्तै, क्लवसहित नगरपालिका, दमक उद्योग वाणिज्य संघ,लायन्स क्लव लगायतका संस्थाहरुको समन्वयमा दमक ८ स्थित रतुवा खोला किनारमा सुविधासम्पन्न पार्क निर्माणका लागि समेत आवश्यक पहल थालिएको जनाएको छ । दमकमा छुट्टै मनोरम पार्कको अभाव भईरहेको वेला रोटरीको पहलमा पार्क निर्माण गर्न पहल भईरहेको बताए । पार्कसंगै रोटरीले त्यस स्थल आसपासनै शारीरिक अभ्यासका लागि व्यायमशाला समेत निर्माणमा पहल भईरहेको अध्यक्ष चम्लागाईले बताए ।

Leave a Reply

Your email address will not be published.