
झापा ,साउन १४। झापामा पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणबाट १०१ वृद्धसहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिकाका १०१ वर्षिय बृद्धसहित सोही पालिकाका ८१ वर्षिया बृद्धा, भद्रपुरका ७० वर्षिय बृद्ध , दमककी ६२ वर्षिया महिला र बुद्धशान्तिकी ५९ वर्षिया महिलाको पनि मृत्यु भएको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ४२७ पुगेको छ ।
त्यस्तै पछिल्लो चौबीस घण्टामा १५७ महिला र १७७ पुरुष गरी ३३४ जनालाई संक्रमण देखिएको छ । त्यसमध्ये सबैभन्दा बढी दमकका ८० र त्यसपछि बिर्तामोडका ६१ जना रहेका छन् । यसअघि मंगलबार झापामा ४ जनाको मृत्यु हुनुका साथै ३१२ जना संक्रमित भएका थिए । योसँगै झापामा कोरोना संक्रमितको कूल सँख्या २१ हजार ६२० पुगेको छ ।