
कमल,८ साउन । नेपाली कांग्रेस कमल ४ वडासमितिले नवप्रवेशीलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गर्ने एक दर्जन बढीलाई स्वागत गर्नुका साथै पार्टीमा योगदान पुरयाँएवापत पूर्व वडा सभापति दुधमान लिम्बूलाई सम्मान गरिएको वडासभापति डम्बर गुरुङले बताएका छन् ।
नवप्रवेशीहरुलाई पार्टीका आमन्त्रीत केन्द्रीय सदस्य दिलीप राई लगायतका नेताहरुले अविर लगाईदिएर स्वागत गरेका थिए ।
त्यस अवसरमा पार्टीका केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्य पदम पौडेल, महिला संघकी कमल सभापति दिपा गौतम ,पार्टी गाउँ सभापति खगेन भण्डारी वदिराम राई लगायतले बोलेका थिए भने महिला नेतृ बिष्णाु बेघा,तिलोचन आचार्य, ज्ञानेन्द्र राई ,जङ राई,सागर राई ,जितेन राई लगायतको समेत उपस्थिति रहेको वडा सचिव खेम खनालले जानकारी दिए ।