उदयपुर, ७ साउन । त्रियुगा नगरपालिका १३ पोर्ताहा का ४५ बर्षीय मेमोरी भन्ने किसन सदाले त्रियुगा नगरपालिका ८ उत्राईटोल का ६५ बर्षीय महिकर चौधरीलाई खुकुरी प्रहार गरि हत्या गरेका छन् । हिजो बिहान सभा ५ बजे हत्या गरेको जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले सदालाई नियन्त्रणमा लिईएको जनाइएको छ । सदा चौधरीको घरमा काम गर्ने गरेको र सामान्य बिबादको कारण चौधरीको घरमानै खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।