लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको पदहस्तान्तरण

दमक,६ साउन । दमककै पूरानो लायन्स क्लव एफ दमक माउण्ट एभरेष्टको अध्यक्षमा युवा व्यवसायी तुलसी दंगाल चुनिएका छन् ।क्लवका पूर्व अध्यक्ष समेत रहेका लायन पदम क्षेत्री (एमजेएफ ) को प्रमुख आतिथ्यतामा क्लवले बुधबार एक कार्यक्रम गरि वर्ष २०२१ –२२ का नवनिर्वाचित समितिलाई पदहस्तान्तरण गरिएको हो ।
त्यस अवसरमा अध्यक्ष दंगालसहित निर्वाचित पदाधिकारीहरुलाई निर्वतमान अध्यक्ष दिनेश अग्रवालले अध्यक्ष लोगो,बैठक पुस्तिका प्रदान गरेर पदहस्तान्तरण गरेका क्लवका निर्वतमान सचिव नेत्र चम्लागाईले बताए ।
क्लवको नयाँ समितिको प्रथम उपाध्यक्ष डा. सुर्यनारायण शाह,द्धितीउ उपाध्यक्षमा बुद्धिशेखर भट्टराई,तृतीय उपाध्यक्षमा भगवान बस्नेत,सचिवमा मनोज अग्रवाल र कोषाध्यक्षमा सोनु भगत चुनिएका छन् ।

पदहस्तान्तरण कार्यक्रममा क्लवका निर्वतमान अध्यक्ष दिनेश अग्रवालले आफनो कार्यकालमा सहयोग पुरयाँउने लायन तथा अतिथिहरुलाई मायाको चिनो समेत वितरण गरेका थिए भने अध्यक्ष दंगालले प्रतिवद्धता मन्तव्य राखेका थिए ।
पदहस्तान्तरण कार्यक्रममा क्लवका पूर्व अध्यक्षहरु तिर्थनारायण श्रेष्ठ, चन्द्र बहादुर गमजेर, बबरजंग थापा, औषधी व्यवसायी संघ झापाका अध्यक्ष गौतम गुप्ता ,दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र ढकाल , सामाजिक व्यक्तित्व गोविन्द राज कट्टेल लगायतको उपस्थिति रहेको थियो । उक्त क्लव सन् २००४ सालमा स्थापना भएको हो ।

Leave a Reply

Your email address will not be published.