
दमक,६ साउन । नेपाली कांग्रेस दमक नगर नेतृत्वका लागि तीन जनाले आफनो उम्मेदवारी घोषणा गरेका छन् ।नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री स्व. बिश्वेश्वर प्रसाद कोइरालाको ३९ औ स्मृति दिवसको अवसर पारेर आज दमकस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागी तीन जना आंकाक्षीले सार्वजनिक रुपमा पार्टी सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै कांग्रेस नगर सभापति रोशन विष्ट,वर्तमान सचिव प्रकाश प्रसाई र बरिष्ठ सदस्य पर्शुराम रिजालले पार्टी नेतृत्वमा आफनो दावी रहेको घोषणा गरे ।
उनीहरुले उम्मेदवारी घोषणा गर्दे नेतृत्वका लागि सहमति र सहकार्यमा आफूहरु बाधक नभएको समेत स्पष्ट पारे ।करिव ३२ सय क्रियाशील रहेको दमकमा पार्टी नेतृत्वका लागि मुख्य दावेदार तीनजनाले एकै साथ आ–आफनो दावी प्रस्तुत गरेका हुन् ।
पार्टीका पूर्व जिल्ला सभापति पूर्णानन्द शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासमिति सदस्य शुरेस सुब्बा,संविधानसभा सदस्य विश्वदिप लिङदेन, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी लगायतले विपी कोइरालाको योगदानको बारेमा चर्चा गरेका थिए ।