
काठमाण्डौ ६ साउन । कमेडी च्याम्पियन दोस्रो सिजनका प्रतिस्पर्धी भरतमणि पौडेलले ६ लाख रूपैयाँ पुरस्कार पाउने भएका छन । कमेडी च्याम्पियनको दोस्रो सिजनमा ताप्लेजुङबाट सहभागी भएका पौडेललाई ताप्लेजुङका सांसद एवं पूर्वमन्त्री योगेश भट्टराईको पहलमा सो पुरस्कार पाउने भएका हुन ।
पौडेललाई सांसद भट्टराईले व्यक्तिगत रुपमा १ लाख, यसैगरी, ताप्लेजुङ सरोकार समाजले दुई लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रले दुई लाख र रेडियो तमोरको तर्फबाट एक लाख रुपैयाँ गरी जम्मा ६ लाख पुरस्कारको घोषणा गरिएको हो । ताप्लेजुङबाट सहभागिभएका पौडेलले कमेडी च्याम्पियनको उत्कृष्ट ६ सम्मको यात्रा तय गरिसकेका छन् । घोषणा गरिएको पुरस्कार उनको कमेडी च्याम्पियनको यात्रा पुरा भएपछि प्रदान गरिने भएको छ ।
ताप्लेजुङका कलाकारलाई सम्मान गर्नका लागि विभिन्न कार्यक्रम, पुरस्कार र अक्षय कोष स्थापना गर्दै उदाँउदो कलाकारलाई प्रोत्साहनका लागि पुरस्कार घोषणा गरिएको सासंद भट्टराईले बताए ।