दमक,५ साउन । प्रदेश १ मा आज ६३५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २५७, झापामा १७२, सुनसरीमा १५८, तेर्हथुममा ९, इलाम र धनकुटामा ७–७, उदयपुरमा ४, ओखलढुङ्गा, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ७२, बेलबारीमा ५७, पथरीशनिश्चरेमा ५६, केराबारीमा २६, सुन्दरहरैचामा १६, बुढीगंगामा १३, उर्लाबारीमा ८, जहदा, मिक्लाजुङ र स्थानीय तह नखुलेका २– २, रंगेली, रतुवामाई र कटहरीमा १–१, झापाको विर्तामोडमा ४६, भद्रपुरमा ३२, दमकमा २५, मेचीनगरमा १७, कनकाई र अर्जुनधारामा १३–१३, शिवसताक्षीमा १२, बुद्धशान्ति र कमल गाउँपालिकामा ४–४, बार्हदशी र स्थानीय तह नखुलेका २–२, गौरादह र हल्दिबारीमा १–१ जनामा संक्रमण देखिएको छ ।
सुनसरीको धरानमा ७१, इटहरीमा ५८, रामधुनी र बराहक्षेत्रमा ८–८, इनरुवा र स्थानीय तह नखुलेका ५–५, दुहवीमा ३, तेर्हथुमको म्याङलुङमा ८, स्थानीय तह नखुलेको १, इलामको सन्दकपुरमा २, इलाम नगरपालिका, माईजोगमाई, सुर्योदय, माई र चुलाचुलीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, शहिदभूमीमा २, महालक्ष्मी र पाख्रिवासमा १–१, उदयपुरको चौदण्डीगढीमा २, बेलका र कटारीमा १–१, ओखलढुङ्गाको सुनकोशी र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम र याङवरकमा १–१, भोजपुरको षडानन्द र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७९ हजार १९० पुगेको छ । संक्रमित भएकामध्ये ७१ हजार ७३३ जना संक्रमणमुक्त भएका छन् । आज ३०७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ९७८ रहेको छ । प्रदेश १ मा आज २ हजार ३०२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २९३ महिला र ३४२ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
२५ जनाको मृत्यु, ३,१०८ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७० हजार ९९३ पुगेको छ । तीमध्ये ९ हजार ६०७ जनाको मृत्यु भएको छ भने ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ भने १ हजार ५९५ जना निको भएका छन् ।