महिला फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं ५ साउन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई प्रशिक्षण दिन तीन सहायक प्रशिक्षक नियुक्त गरिएको छ। एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रशिक्षण दिन अखिल नेपाल फुटबल संघ ९एन्फा०ले भगवती राना मगर, अरुणा गुरुङ र चेतन घिमिरेलाई नियुक्त गरेको हो। उनीहरुलाई एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारी सम्मको लागि नियुक्त गरिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए।

गोलकिपर प्रक्षिकको जिम्मेवारी भने प्रकाश वैद्यलाई दिइएको छ। बन्द प्रक्षिणका लागि ४५ खेलाडीलाई बोलाइएको छ। उनीहरुले सोमबारदेखि अभ्यास सुरु गरेका छन्। बन्द प्रशिक्षणमा अञ्जना राना मगर, एन्जिला सुब्बा, उषानाथ, सावित्री किशन, सपना राई, रेनुका नगरकोटी, सरु लिम्बू, अनिता बस्नेत र अनिता केसी सहभागी छन्।

यस्तै‚ गीता राना, अञ्जली योञ्जन, प्रिती राई, निशा थोकर, सिर्जना चेमजोङ, हीरा भुजेल, रविना गोले, सुष्मा तामाङ, पुनम जर्गा मगर, कविता धिमाल, सुनिता चौधरी, विमला विक, दिपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा र इन्द्रा राई पनि बन्द प्रशिक्षणमा रहेका छन्।

यसैगरी अभ्यासमा सहभागी अन्य खेलाडीमा विमला चौधरी, अमृता जैशी, घिमकुमारी गुरुङ, सिर्जना खड्का, निर्मला विक, मनिषा राउत, पूजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दिपा न्यौपाने, सिवानी कुश्वर, सरस्वती हमाल, अमिशा कार्की, कुशुम खतिवडा, सिर्जना सिंह, सविता राणा, रजनी थोकर, सलोनी राना मगर र चुम्लुङमा राईलाई रहेका छन्।

छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन्। उक्त समूहको छनोट खेल नेपालमा हुने एन्फाले जनाएको छ। एएफसीले छनोटका लागि भदौ २८ देखि असोज ९ गतेको समय तय गरेको छ। समूहको शीर्ष टोलीले अगामी वर्ष भारतमा हुने एशियन कपमा प्रतिस्पर्धा गर्ने छ।

Leave a Reply

Your email address will not be published.