
दमक,५ साउन । मेची –महाकाली बुहारी संयुक्त आवाज उपशाखा दमकले नगरपालिकाको समन्वयमा यहाँ वृक्षरोपण गरेको छ ।संस्थामा आवद्ध महिलाहरुले सोमबार दमकको बेलडाँगीस्थित शहिद बाटिकासहित दमक प्रहरी ,ट्राफिक कार्यालय परिसरमा वृक्षरोपण गरिएको आयोजक संस्थाकी झापा उपाध्यक्ष तथा दमक संयोजक जमूना निरौला अधिकारीले जानकारी दिइन् ।
दमक -६ का वडाध्यक्ष तथा नगरपालिकाको वातावरण बिभाग समितिका संयोजक टेक बहादुर थापाको प्रमुख आतिथ्यता तथा नगरपालिकाको बाताबरण अधिकृत ज्ञानेन्द्र चौधरी, दमक २ का वडाध्यक्ष प्रजापति सापकोटा,इलाका प्रहरी कार्यालय प्रमुख नवराज कार्की लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
जिल्ला बन कार्यालयले उपलव्ध विभिन्न किसिमका करिव एक सय जडिबुटीजन्य विरुवाहरु रोपिएको उनले बताईन् ।