गौरादह ,५ साउन । मोटरसाइकलको ठक्करवाट झापा,गौरादहमा गएराती एक पैदलयात्री वृद्धको मृत्युभएको छ भने तीन जना घाईते भएका छन् ।
मोटरसाईकलको ठक्करबाट गंभीर घाईते भएका गौरादह -१ डिपु चौकका ७२ बर्षिय चेतबहादुर दाहालको गएराती दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्युभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतक डोरामारी माध्यमिक विद्यालयका पूर्व शिक्षक हुन् । दुर्घटनामा परि अन्य घाइतेको दमक र विराटनगरका अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक नवराज कार्कीले बताए ।
प्रहरीका अनुसार गौरादह वजार उत्तर सडकखण्डमा पैदल हिडिरहेका दाहाललाई प्र.१०१–०१२ प. ५९९० नम्बरको मोटरसाइकलले सोमबार साँझ तिर ठक्कर दिएको थियो । दुर्घटनामा परेर दाहालसंगै रहेका गौरादह ३ का मोहन उप्रेती पनि सामान्य घाइते भएका थिए ।
ठक्कर दिने मोटरसाईकलका गौरादह ४ का २८ बर्षिय भरत रिजालको विराटनगरस्थित न्यूरो अस्पताल र त्यसमा सवार सोहि वडाका २६ बर्षिय रबिन पौडेलको भने लाइफलाइन अस्पतालमाउपचार भैरहेको प्रहरीले जनाएको छ ।