दमक,४ साउन । पाँच दिन अघि झापाको गौरादह १ मा श्रीमतीलाई हत्या गरि फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला मोरङ रंगेली ९ घर भई हाल गौरादह १ सितल चौक बस्दैआएका ३९ बर्षिय सजिलाल रिख्यासन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गत असार ३१ गते घर नजिकैको टहरामा कुटपिट गरि ३४ बर्षिया श्रीमती संगीता टुुडुको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरेपछि फरार रिख्यासनलाई दमक र गौरादहको संयुक्त प्रहरीको टोलीले आज विहान रंगेली ९ सखुवाथानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।
पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर आवश्यक अनुसन्धान अगाडी बढाईएको उनले जानकारी दिए ।