कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ


बिराटनगर, ४ साउन । बैकिङ कसुर तथा कर्तव्य ज्यान मुद्धामा कैद तथा जरिवाना फैसला भई फरार रहँदै आएका २ जना फरार प्रतिवादीलाई पक्राउ गरि सम्बन्धीत अदालतमा उपस्थित गराईएको छ ।

बैकिङ कसुर मुद्धामा सम्मानित जिल्ला अदालत सुनसरीको २०७७ माघ २६ गतेको फैसलाले ३ दिन कैद र १ लाख ५२ हजार जरिवाना फैसला भएका रामधुनी नगरपालिका ८ का ३३ बर्षीय दिवस कुमार चौधरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रहरी टोलीले पक्राउ गरेको हो । यसैगरी कर्तव्य ज्यान मुद्धामा सम्मानीत जिल्ला अदालत चितवनको २०७७ माघ १२ गतेको फैसलाले १६ बर्ष ८ महिना कैद र ५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी बुढानिलककण्ठ ४ काठमाण्डौका १९ बर्षीय पासीकोट गुरुङलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आईतवार सुनसरीको तरहराबाट पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी सम्बन्धीत जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

हत्याको आरोपमा राई पक्राउ

भोजपुरको साल्पासिलिचो गाउँपालिका ४ घर भई बिगत ३ बर्षदेखि तुम्लिङटार आसपासमा बसोबास गर्ने २५ बर्षीय युवराज राई हत्याको आरोपमा पक्राउ परेका छन् । असार ३० गते खाँदवारी नगरपालिका ९ का ४७ बर्षीय लक्ष्मण कुमाल आफ्नै घरमा मृत फेला परे संगै निजको सम्बन्धमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।घटनास्थलको प्रकृति हेर्दा हत्या भएको अनुमान गरी अनुसन्धान थालेको प्रहरी टोलीले मृतककै मित छोरा नाता पर्ने राईलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा निजले घटनामा आफ्नो संग्लग्नता रहेको स्विकार गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ

Leave a Reply

Your email address will not be published.