देशव्यापी खुला कविता प्रतियोगितामा दमककी सेलिया प्रथम बनिन


दमक,३१ असार । परिवर्तनका हातहरू (एचओसी )ले विद्यार्थीहरूका लागि आयोजना गरेको देशव्यापी खुला कविता प्रतियोगितामा दमककी सेलिया श्रेष्ठ प्रथम भएकी छन् ।
सप्तरङ्गी एफएमको बाल मञ्जरी कार्यक्रमकी प्रस्तोता श्रेष्ठले प्रतियोगितामा ‘एउटै छ माटोको रंग’ शीर्षकको कविता उत्कृष्ठ छनौट भएको हो । उनी दमक ९ स्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालय (जेम्स ) मा अध्ययनर छिन् ।
देशभरिबाट प्राप्त २८ वटा कविता मध्य श्रेष्ठले वाचन गरेको कविता उत्कृष्ट ठहरिएको हो । विद्यार्थीहरूले आफूले वाचन गरेका कविताको भिडियो आयोजकलाई पठाएका थिए । प्राप्त कवितालाई निर्णायकहरूले सुनेर विजेता छनौट गरेका हुन् ।
प्रतियोगितामा काठमाडौंकी प्रविज्ञा नेपाल द्वितीय, मोरङको रतुवामाईकी शर्मिला चौलागाई तृतीय र बुटवलका रोशन घिमिरे र मोरङका दीपेन्द बराइलीले चौथो स्थान प्राप्त गरेका छन् । जुममार्फत भएको प्रतियोगिताको निर्णायकमा कवि एवं पत्रकार मीनकुमार नवोदित र साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’ रहेका थिए ।

Leave a Reply

Your email address will not be published.