
पथरीशनिश्चरे, असार-२७/ मोरङको पथरीशनिश्चरे वडा नं १० स्थित जिरिखिम्तीमा डाँस खोला गंगासागर शव दाह गृहमा विद्युत जडान गरिएको छ । वडाध्यक्ष सागर राई, कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य, वडा सदस्यदय मनकुमारी विश्वकर्मा, एवम् अनोज घिमिरे, निर्माण उपभोक्ता समिति अध्यक्ष प्रेम ढकाल लगायतको उपस्थितिमा विद्युतको उद्घाटन गरिएको थियो।
मोरङ निर्वाचन क्षेत्र नम्बर- ३ का सांसद भानुभक्त ढकालमार्फतको सांसद विकासकोषबाट प्राप्त १० लाख रुपैयाँ मध्ये डाँस गंगासागरको मर्मतको लागि ७ लाख ८ हजार खर्च भएको थियो भने सोही रकमको बचेको २ लाख ९२ हजारले विद्युत जडान गरीएको उपभोक्ता समिति अध्यक्ष ढकालले बताए छन् । सो बजेटबाट ६ वटा विजुलीको पोल खरिद गर्नुकासाथै कूल १७ वटा पोलमा सडक वत्ती जडान गरिएको छ । ७ लाख ८ हजारको बजेटले शवदाहगृहस्थलमा पानी ट्यांकी र खाजाघर टहरा निर्माण सम्पन्न भएको छ । सोहि स्थानमा केहि महिनाअघि स्थानीय समाजसेवी टंक भण्डारीले आफ्ना दिवंगत पितृ र श्रीमतीको स्मृतिमा ३ लाख खर्चिएर एक विश्रामस्थल निर्माण गरिदिएका थिए ।