राप्रपा संसदीय दलको नेतामा सिटौला

झापा ,१५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन भएका छन् ।शुक्रबार झापामा भएको संसदीय दलको बैठकले झापाका सिटौलालाई सर्वसम्मत नेता चयन गरेको सांसद सविना बजगाइँले जानकारी दिएकी छन् ।
राप्रपा केन्द्रीय समितिका प्रवक्तासमेत रहेका सिटौला झापा ४ को प्रदेश क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।प्रदेशमा राप्रपाबाट प्रत्यक्ष निर्वाचित दुई जना र समानुपातिकबाट निर्वाचित ४ गरी ६ जना सांसद छन् ।

Leave a Reply

Your email address will not be published.