नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा मानन्धर

बीरगञ्ज ,१० पुस । नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा विकाश मानन्धर चुनिएका छन् । वीरगञ्जमा सम्पन्न ४९औँ महाधिवेशनबाट उनी वर्ष २०२३ को अध्यक्ष विजयी भएका हुन् ।
मानन्धरले पाँच सय ९५ मत प्राप्त गरी विजयी भए भने उनका निकटम प्रतिद्वन्द्वी रविन पोखरेलले दुई सय ९७ मत लए । मानन्धर आफ्ना तीन जना प्रतिद्वन्द्वी पोखरेल, सुमन श्रेष्ठ र दीपेन्द्र निरौलालाई पछाडि पार्दै विजयी भए ।
यस्तै एक हजार दुई सय ५० मतदाता रहेको नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा चार पदका लागि नौ जना उम्मेदवार रहेकामा जीवनबहादुर कार्की, कुमारसिंह साँवा लिम्बू, रजनी थापा र रश्मी बस्नेत विजयी भए । उपाध्यक्षमा उम्मेदवार महेशचन्द्र ओझा, समप्रसाद पाण्डे, सुजन बरुवाल, कञ्चन झा र सन्दीप अग्रहरि पराजित भए ।उपाध्यक्षमा उम्मेदवार महेशचन्द्र ओझा, समप्रसाद पाण्डे, सुजन बरुवाल, कञ्चन झा र सन्दीप अग्रहरि पराजित भए । महासचिवमा अमिश ढकाल,कोषाध्यक्षमा जेसी मोहन डांगी,कानुनी सल्लाहकारमा अशोक कोइराला,उपाध्यक्षमा राधिका भुषाल,राजाराम गौतम, भिम कुँवर (राजु ),स्वस्तिका आचार्य ,बिर बहादुर बेघा, गुरुदेव पौडेल, चन्द्रमणि भुषाल, चिरञ्जीवी गौतम , अनुप सुनुवार ,सोनि श्रेष्ठ, तेज प्रसाद उप्रेती (रमेश ),सरोज अधिकारी चुनिएका छन् ।

Leave a Reply

Your email address will not be published.