इलाममा पाँचतले घरको छतबाट खस्दा एक महिलाको मृत्यु

इलाम,७ पुस । आफनै घरको छतबाट हाम फालेर इलाममा एक जना महिलाको ज्यान गएको छ । इलाम नगरपालिका–८ को धोविधारा नजिकै पाँचतले आफनै घरबाट हाम फालेर ५२ वर्षीया कोकिला प्रधानको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

प्रधानले मंगलबार राति १० बजेतिर घरको छतबाट हाम फालेको र घरको तेस्रो तलामा बजारिएको प्रहरीले जानकारी दिएको छ । उनले छतको रेलिङमा चढेर हाम फालेको दाबी गरिएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published.