शिवसताक्षी ,२९ मंसिर । पापोहाङ आङदेम्बे सामाजिक कल्याण समितिले शनिवार विभिन्न कार्यक्रम गरि दोश्रो बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
शिबसताक्षी ११ स्थित सैनिक भवनमा एक कार्यक्रम गरि संस्थालाई योगदान पुरयाँएवापत विभिन्न क्षेत्रमा संलग्न १० जनालाई सम्मान गर्नुका साथैं संस्थाले प्रस्तुत गरेको आर्थिक तथा सांगठानिक प्रतिवेदन सुझावसहित पारित गरिएको सचिव विक्रम आङदेम्बेले बताए ।
सम्मानित हुनेमा कृष्णबहादुर आङदेम्बे (दमक),टेकबहादुर आङदेम्बे (बिर्तामोड) ,विष्णुकुमारी आङदेम्बे ,फूङ प्रसाद आङदेम्बे ,रमा आङदेम्बे(दमक) ,देवित्रा आङदेम्बे ,रेखा आङदेम्बे (विर्तामोड),भुमादेवी आङदेम्बे (धुलावारी ) शुसीला आङदेम्बे ( धुलावारी ) र खुस्वु आङदेम्बे (शिवसताक्षी ) रहेका छन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जयश्वर आङदेम्बे, विशिष्ट अतिथि पुस्ता–४८ बंशकै एक मात्र ज्येष्ठ ९८ बर्षिय सिंहराज आङदेम्बे लगायतले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।
संस्थाका अध्यक्ष सन्तबिर आङदेम्बेको अध्यक्षतामा भएको साधारणसभा उद्घाटनमा पत्रकार बिष्णु आङदेम्बे ,सम्मानित भुमादेवी आङदेम्बे,प्रमुख अतिथि जयश्वर आङदेम्बेले शुभकामना मन्तव्य राखेका थिए । सभामा अध्यक्ष सन्तवीरले संस्थाको हालसम्म आयव्यय , आगामी वर्षको नीति तथा कार्यक्रमसहितको करिव २३ लाख ३३ हजार ७ सय २६ रुपैयाको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
प्रतिवेदनका अनुसार संस्थाले संस्थागत कोष स्थापना गर्न सञ्चालन गरेको देउसी–भैलो खर्च घटाई खुद बचत ५ लाख २४ हजार ५ सय ४० रुपैया बैक मौजाद रहेको उल्लेख छ ।
झापासहित इलामको चुलाचुलीमा गरि ३ सय ८२ घर धुरी आङदेम्बेहरु रहेको बस्दैआएको संस्थाको दावी छ ।सो सभामा झापामा बस्दैआएका संस्थामा आवद्ध आङदेम्बेहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।