कमल ,२१ मंसीर । झापाको कमल- ६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाको १२ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख आतिथ्यमा भएको साधारणसभामा उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो । यस्तै एसईई र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने सदस्यका सन्तानहरुलाई छात्रवृति समेत प्रदान गरिएको संस्थाका व्यवस्थापक टंक पराजुलीले जानकारी दिए ।
संस्थाको अन्तर समूह अन्तर्गतको हालै सम्पन्न साधारणसभा एवम् निर्वाचन कार्यक्रमबाट नयाँ सञ्चालक तथा लेखा समिति समेत चयन भएको छ । सरस्वती निरौला अध्यक्ष तथा शोभा उप्रेती उपाध्यक्ष रहेको नयाँ सञ्चालक समितिको सदस्यहरुमा रेखा गौतम, जमुना चेम्जोङ्, निर्मला अधिकारी ,सुजिता पोखरेल, नन्दाकुमारी लिम्बू,निर्मला सेडाई, भवानीकुमारी बराल, विष्णु श्रेष्ठ र उर्मिला अधिकारी भण्डारी रहेकी छन् । यस्तै बिमला राईको संयोजक र देवका भण्डारी र दिपा घिमिरे सदस्य रहेको तीन सदस्यीय लेखा समिति समेत चयन गरिएको छ । सभाका अवसरमा निर्वाचित सञ्चालक तथा लेखा समितिको सपथग्रहण तथा पदहस्तान्तरण गरिएको थियो ।
२ हजार भन्दा बढि महिलाहरु मात्र सदस्य रहेको सहकारी संस्थाले कृषिको व्यवसायीकरण तथा महिला सशक्तिकरणका विभिन्न कार्यक्रम गर्दै आएको संस्थाकी सूचना अधिकारी गिता निरौलाले जानकारी दिईन् ।