पथरी शनिश्चरे ,२० मंसीर । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप –२०८२ को आय व्यय विवरण सार्वजनिक गरिएको छ । शनिबार मोरङको पथरी शनिश्चरे वडा नं १ शिखर चोकमा रहेको पथरी ११ फुटबल क्लबले आफनै कार्यालयमा पत्रकार सम्मेलन गरि आयव्यय सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा क्लबका सचिव केशर थुलुङले प्रतियोगिताको लागि कुल ४५ लाख ४० हजार १५० रुपैयाँ आम्दानी भएको, ४२ लाख ३६,२ ०० खर्च भएको र क्लबको खातामा ३लाख३हजार ९५० रुपैयाँ वचत रहेको जानकारी दिए । सो खुल्ला नकआउट फुटबल प्रतियोगिता गत कात्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको थियो।
उक्त गोल्डकपलाई सभ्य र भव्य सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरी आर्थिक, नैतिक र भौतिक सहयोग प्रदान गर्ने पथरीशनिश्चरे नगरपालिकासहित सामाजिक संघसंस्थाहरु,दर्शक तथा खेलाडी र आम शुभचिन्तकहरुलाई आयोजक हार्दिक आभार सहित धन्यवाद दिने निर्णय भएको क्लबका अध्यक्ष सुमन बिकले बताए ।
हरेक वर्ष आयोजना गरिने लक्ष्य राखिएको उक्त गोल्डकप दोस्रो संस्करण हो ।
फाउन्डेसन अफ अमेरिकाका नेपाल प्रतिनिधि राम बानियाको प्रमुख आतिथ्यतामा भएको उक्त सम्मेलनमा सो प्रतियोगिताको खेल संयोजक उदय कुमार राई लगायतका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।