विश्वकप फुटबल–२०२६ : कुन देश कुन समूहमा?

झापा,२० मंसीर । विश्वकप फुटबल सन् २०२६ को ‘ड्र’ सार्वजनिक भएको छ । अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपको सार्वजनिक तालिकाअनुसार अर्जेन्टिना, स्पेन र इंग्ल्याण्ड केही सहज समूहमा परेका छन् ।
पहिलो पटक आउँदो विश्वकपमा ४८ देशको सहभागिता रहनेछ । त्यसमध्ये ४२ टोलीको निर्णय भइसकेको छ भने बाँकी ६ वटाका लागि प्लेअफ खेल हुनेछन् । पछिल्लो विश्वकपको विजेता अर्जेन्टिनाले अल्जेरियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
मेक्सिकोले आगामी विश्वकपको उद्घाटन खेलमा स्टाडियो एज्टेका मैदानमा दक्षिण अफ्रिकाको सामना गर्ने छ । सन् २०१० को संस्करणमा पनि यी दुई टोलीले उद्घाटन खेल खेलेका थिए, जुन दक्षिण अफ्रिकाले आयोजना गरेको थियो। दक्षिण अफ्राकामा १–१ गोलको बराबरी भएको खेलमा १६ वर्षपछि फेरी एकपटक उद्घाटनमा भिड्ने अवसर पाएका छन् ।
त्यसोत अर्को आकर्षक समूहका रुपमा फ्रान्सले सेनेगलको सामना गर्ने छ, जसले सन् २००२ मा तत्कालीन विश्व च्याम्पियनलाई स्तब्ध पारेको थियो।

समूह विभाजन अनुसार ‘ए’ मा मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र युरोपेली प्लेअफ ‘डी’ विजेता, समूह ‘बी’ मा क्यानडा, युरोपेली प्लेअफ ‘ए’ विजेता, कतार र स्विटजरल्यान्ड, समूह ‘सी’ मा ब्राजिल, मोरक्को, हाइटी र स्टकल्यान्ड, समूह ‘डी’ मा अमेरिका, पाराग्वे, अस्ट्रेलिया, युरोपेली प्लेअफ ‘सी’ विजेता, समूह ‘इ’ मा जर्मनी, क्युरासाउ, आइभरीकोस्ट र इक्वेडर, समूह ‘एफ’ मा नेदरल्यान्ड्स, जापान, युरोपेली प्लेअफ ‘बी’ विजेता, ट्युनिसिया, समूह ‘जी’ मा बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड, समूह ‘एच’ मा स्पेन, केपभार्डे, साउदी अरब र उरुग्वे, समूह ‘आई’ मा फ्रान्स, सेनेगेल, प्लेअफ फिफा–टु को विजेता र नर्वे, समूह ‘जे’ मा अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया र जोर्डन, समूह ‘के’ मा पोर्चुगल, प्ले अफ फिफा–वान, उज्वेकिस्तान र कोलम्बिया, समूह ‘एल’ मा इंग्ल्यान्ड, क्रोएसिया, घाना र पानामा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published.