दमक ,२० मंसीर । घरायसी झगडाका क्रममा श्रीमती को बाम्फोक प्रहारबाट झापाको शिवसताक्षीमा श्रीमान गम्भीर घाइते भएका छन् । घाईते हुनेमा शिवसताक्षी नगरपालिका वडा नं. ११ झिलझिले निवासी ३३ बर्षिय टंकबहादुर सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरीका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार शुक्रबार राति करिब १२ बजे सामान्य घरायसी विवादका क्रममा ४४ वर्षीया श्रीमती कमला तामाङले श्रीमान टंकबहादुरमाथि धारिलो हतियार बाम्फोक प्रहार गरेकी थिइन् ।
बाम्फोक प्रहारबाट टंकबहादुरको दाहिने खुट्टामा गहिरो चोट लागेको र बिएण्डसी अस्पता बिर्तामोडमा उपचार भइरहेको प्रहरीको भनाइ छ । घाइतेको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।
घटनामा संलग्न श्रीमती कमलालाई बाम्फोकसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको खड्काले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।