सडक दुर्घटनामा दुई जनाको मृत्यु,तीन घाईते

दमक,१७ मंसिर । सवारी दुर्घटनामा परेर झापामा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । जिल्लाको बिर्तामोड र गौरादह सडक खण्डमा हिजो भएका अलग अलग दुर्घटनामा परेर एक महिलासहित दुई जनाको मृत्युभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सानुराम भटटराईका अनुसार बिर्तामोड नगरपालिका ३ स्थित पेट्रोल पम्प आगाडि मे ५ प १३६५ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट आउदै गरेको मे१क ७८६ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाईकल चालक बिर्तामोड नगरपालिका ९ का ४३ बर्षिय सम्पत राजवंशीको मृत्युभएको हो ।
दुर्घटनामा मोटरसाईकल पछाडी सवार रहेकी ३१ बर्षीया शान्ता कार्की समेत गम्भिर घाईते भई बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भईरहेको छ ।
यसैगरी हिजो दिउँसो सँवा ३ बजे गौरादह नगरपालिका ७ ग्वालब्बास्थित सडकखण्डमा बा ८ च ७७३५ नम्बरको माईक्रो भेन अनियन्त्रित भई ठक्कर दिदाँ सोहि ठाँउकी २८ बर्षीया सिता साहको मृत्युभएको छ ।
भेनले सडकमा उभिरहेकी मृतक साह , १९ बर्षीया सम्झना ऋषिदेव र ७ महिनाकी आरोसी यादवलाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते साहको दमक अस्पतालमा उपचारका क्रममा साँझनै मृत्युभएको थियो । प्रहरीले दुर्घटनामा संलग्न माईक्रो भेन, चालक गौरादह ४ का ३० बर्षिय अशोक कुमार माक्रालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गौरीगञ्जको नियन्त्रणमा रहेको छ ।

Leave a Reply

Your email address will not be published.