जेम्सका विद्यार्थी राष्ट्रिय सेवादल तालिममा सहभागी हुँदै

दमक,१० मंसिर । यही मंसिर १९ गतेदेखि सञ्चालन हुन लागेको राष्ट्रिय सेवादल तालिममा दमक ८ स्थित झापा मोडल अँग्रेजी माध्यमिक विद्यालय(जेम्स )का विद्यार्थीहरु सहभागि हुने भएका छन् ।
तालिममा १८ जना छात्रा र १८ जना छात्र गरि ३६ जना विद्यार्थीहरु सहभागी हुने विद्यालयले जनाएको छ । विद्यालयका प्रिन्सीपल सागर श्रेष्ठका अनुसार प्रारम्भिक तालिम ३५ दिनसम्म विद्यालयमा र बाकी एडभान्स तालिम भने नपाली सेनाको व्यारेक मोरङको याङसिला सम्पन्न हुने छ ।
सो तालिममा कक्षा ८ देखि कक्षा ११ सम्मका विद्यार्थीहरूले भाग लिने छन् र तालिममा व्यक्तिको व्यैक्तिक जीवनमा आवश्यक पर्ने नैतिकता, अनुशासन चरित्र एवम् राष्ट्र र राष्ट्रियता प्रति वफादार रहने जीवनोपयोगी सीप आर्जन गर्ने उनले जनाएका छन् ।
नेपाल सेना पूर्वी पृतना प्रधान कार्यालय ईटहरीको आयोजनामा हुने तालिम दमक परिवेशको लागि पहिलो कार्यक्रम विद्यालयमा सम्पन्न भएको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.