भिसी एमभिओ ट्रष्टको अध्यक्षमा पुनः थेवे

दमक,११ मंसिर । हनेरी क्याप्टेन भिसी रामबहादुर बेघा लिम्बू एमभिओ ट्रष्टको अध्यक्षमा पुनः मोहनकुमार थेवे चयन भएका छन् । दमक- ६ स्थित ट्रष्टको कार्यालयमा हालै सम्पन्न दोश्रो साधारणसभाले थेवेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा मोहनसिंह बेघा, सचिवमा भीमराज बेघा, सहसचिवमा मनरुपा थेवे र कोषाध्यक्षमा सुर्यबहादुर बेघा चुनिएका छन् ।यसैगरि, सदस्यहरुमा सुलोचना पतङवा बेघा,रेस्मा एक्तेन, प्रतिमा सेवा इम्बुङ ,मनकुमारी बेघा, मोतिलाल बेघा, अम्बरजंग केरुङ,नरप्रसाद चाम्लिङ,पुण्यमाता सेवा थेवे,तेजबहादुर बेघा, शुष्मा कुमाल, सजिना पन्दाक र सुनिता लावती चुनिएका छन् ।
ट्रष्टका अध्यक्ष मोहनकुमार थेवेको अध्यक्षता तथा ट्रष्टकी संरक्षक पुनीमाया बेघाको उपस्थितिमा सम्पन्न साधारणसभामा संस्थाद्धारा प्रस्तुत सांगठानिक तथा आर्थिक प्रतिवेदन सुझावसहित पारित गरिएको थियो ।निर्वाचित समितिलाई समाजसेवी धिरन लावतीले संस्थाको विधान अनुसार सपथ गराएका थिए ।
हनेरी क्याप्टेन भिसी रामबहादुर बेघाले आफनै लगानीमा ट्रष्टसहित लामोसमयदेखि त्यहाँ किरात युमा माङहिम सञ्चालन गरिआएका छन् । भिसी बेघाको गतवर्ष निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published.