मूल्यवृद्धि फिर्ता लिन उपभोक्ता हित संरक्षण मञ्चको माग

दमक,३० कार्तिक । पेट्रोलियम पदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तुहरुमा लगातार भईरहेको मूल्यवृद्धि प्रति उपभोक्ता हित संरक्षण मञ्च दमकले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
लामो समयसम्म कोरोना महामारीका कारण आर्थिक संकट झेलेका सर्वसाधारणलाई मूल्यवृद्धिले झनै समस्यामा पारेको मञ्चले जनाएको छ ।
मञ्चका प्रदेश १ उपाध्यक्ष एवम् दमक कार्यसमितिका अध्यक्ष डा. नविन चापागाँई र नगर सचिव गोपाल झापालीद्वारा जारी विज्ञप्तिमा लगातार भई रहेको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ । यस्तै तीन तहका सरकारलाई विभिन्न शिर्षकमा नागरिकहरुले कर तिरि रहनु परेको अवस्थामा करको दर समायोजन गरि नागरिक मैत्री बनाउन पनि आग्रह गरिएको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले यातायात, खाद्यवस्तु, दैनिक उपभोग्य एवम् सवै प्रकारका वस्तुहरुको मूल्य बढेको भन्दै यस गरि गम्भिर भई मूल्यवृद्धि फिर्ता गराउन पनि सरकारसँग माग गरिएको छ ।
यस्तै हिउँदे बाली लगाउने बेला भएकाले किसानलाई सर्वसुलभ रुपमा गुणस्तरी बिउ, मल तथा कृषि क्षेत्रमा आवश्यक वस्तुहरु उपलव्ध गराउन पनि तीनै तहका सरकारसँग मञ्चले आग्रह गरेको छ । केहि समय अघि आएको हावाहुरीसहितको बर्षाले धान वालीमा पुर्याएको क्षतिको मार हाल किसानलाई परेको र यसको प्रभाव सवै उपभोक्तासम्म पुग्न सक्ने भएकाले पीडित किसानलाई उचित राहत दिन र उपभोक्तालाई मार पर्ने गरि अन्न एवम् खाद्यान्नको मूल्य वृद्धि हुन नदिन समेत सरकारको ध्यानाकर्षण गराईएको उल्लेखछ ।

Leave a Reply

Your email address will not be published.