मंगलवारेमा ३० कार्तिकमा रेडक्रसको रक्तदान

कमल,२८ कार्तिक । नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाको आयोजना र ईस्टन राईडर्स नेपालको सहआयोजनामा मंगलवारेमा यहि कार्तिक ३० गते खुला रक्तदान कार्यक्रम हुने भएको छ ।
जाडोयामका समयमा रगतको अभाव हुन नदिन रेडक्रससहित ईस्टन राईडर्स नेपालको संयुक्त आयोजनामा खुल्ला रक्तदान हुने भएको हो । विहान ७ वजेदेखि शुरु हुने रक्तदान कमल ५ मंगलवारे वजार स्थित चन्द्र साहको क्लिनीक परिषरमा हुने छ । रेडक्रस दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग रहने जनाईएको छ ।
रक्तदानलाई वृहत रुपमा सफल बनाउन रेडक्रसले आफना आजीवन सदस्य तथा सर्वसाधारणहरुलाई सहभागिताका लागि समेत अनुरोध गरिएको रेडक्रसका कोषाध्यक्ष प्रमोद दाहालले बताए ।
रेडक्रसले सामाजिक कार्य अन्तर्गत बर्षेनी खुल्ला रक्तदान कार्यक्रम सञ्चालन गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.