फाल्गुनन्द शाकोसको बार्षिक प्रतिवेदन सार्वजनिक

दमक ,२७ कार्तिक । दमक- १ हवल्दार चौंकमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले १४ औं बार्षिक साधारणसभामा प्रस्तुत गरिने बार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ ।

संस्थाको आफनै सभाहलमा विहिबार एक कार्यक्रम गरि संस्थाका अध्यक्ष पदम लिङदेन (संकल्प )सहितका सञ्चालकहरुले सामूहिक रुपमा प्रतिवेदन सार्वजनिक गरे । प्रतिवेदन संस्थाका अध्यक्ष लिङदेनसहित उपाध्यक्ष फूलकुमारी नेम्बाङ आङदेम्बे, सदस्यहरु कमला सुब्बा, सुभाष आचार्य, लेखा सदस्य शक्ति सावाँ लगायतकाले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।
प्रतिवेदन सार्वजनिकरण कार्यक्रममा संस्थाका अध्यक्ष अध्यक्ष लिङदेन, उपाध्यक्ष नेम्बाङ लगायतले संस्थाले सदस्य केन्द्रीत पुरयाउँदै आएका सेवाका विषयमा चर्चा गरेका थिए ।
संस्थाका व्यवस्थापक कुवेर तुम्बापोका अनुसार कार्तिक २८ गतेदेखि ुरु हुने ईकाइगत बार्षिक साधारणसभा मंसीर ५ गते निर्णय प्रमाणीकरण सभा गरि समापन हुने छ ।
जसअनुसार कार्तिक २८गते विर्तामोड सेवा केन्द्रमा ,मंसीर १ गते झलझिले सेवा केन्द्र , ३ मंसीरमा उर्लावारी सेवा केन्द्र र ५ गते दमकको पशुपति मन्दिरको सभाहलमा दमक, कमल, चुलाचुली, माङसेबुङ लगायतका सदस्यहरुलाई लक्षित गरि इकाईगतसहित प्रमाणीकरण ,सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम गरेर यसवर्षको साधारणसभा औपचारिक रुपमा सम्पन्न गरिने तुम्बापोले बताए ।
प्रतिवेदन सार्वजनिकरण कार्यक्रममा झिलझिले सेवा केन्द्रका संयोजक किरण लिङदेन, उर्लावारी सेवा केन्द्र संयोजक सुर्यमान खजुम लगायतका शेयर सदस्यहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

वासलात २३ करोड नाघ्यो
२५३८ जना शेयर सदस्य रहेको संस्थामा गएको वर्षसम्म ३ करोड ९८ लाख ५२ हजार ३ सय शेयर पूंजी पुगेको उल्लेख छ । त्यस्तै, सोहि अवधिमा कोष हिसाबमा २ करोड ८० लाख १९ हजार ७ सय १३ , बचततर्फ १५ करोड ५९ लाख ९३ हजार ८९ रुपैया ,कर्जा लगानी २० करोड १२ लाख ७९ हजार ८ सय २१ र वासलात २३ करोड ९ लाख ४ हजार ३ सय ७६ रहेको संस्थाद्धारा जारी प्रतिवेदनमा जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.