करुवा प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

झापा, २४ कात्तिक । सामान्य विवादका झगडा हुदाँ करुवा प्रहार गरि झापाको बुद्धशान्तिमा एक जनाले आफनै श्रीमतीको हत्या गरेका छन् ।प्रहरीका अनुसार बुद्धशान्ति गाउँपालिका -१ स्थित बुधबारे बजारमा डेरा गरी बस्ने भारत महाराष्ट्र गुरेली ग्राम पञ्चायत घर भएका ३२ वर्षीय रघुनाथ गोरडले  २६ वर्षीया श्रीमती सपना गोरडको हत्या गरेका हुन् ।
बिहीबार बिहान ३ बजेतिर गोरडले आफ्नी श्रीमती सपनालाई करुवाले हानेर हत्या गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार सामान्य घरायसी वादविवादको क्रममा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु भएको हो । श्रीमतीको हत्या गर्ने रघुनाथलाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published.