
धरान, १७ कार्तिक। ज्यान मार्ने उद्योग मुद्धाका फरार धरान उपमहानगरपालिका ११ का २५ बर्षीय सन्तोष राईलाई पक्राउ गरि सम्मानित अदालतमा बुझाईएको छ ।
ज्यान मार्ने उद्योग मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०७६ फागुन १५ गतेको सजाय निर्धारण फैसला आदेशले १ बर्ष ६ महिना कैद भई लगत नं। ९४२० मा कैद बेरुजु रहि असुल गर्न बाँकी रहेका राईलाई १ नं प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा गत १५ गते पक्राउ गर्न सफल भएको थियो ।
पक्राउ परेका राईलाई हिजो सम्मानित सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।