उद्यम शाकोसको नयाँ नेतृत्व, अध्यक्षमा पोख्रेल

दमक,१४ कार्तिक । दमक -६ स्थित उद्यम बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति र लेखा समितिमा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको १७ औ चुनावी बार्षिक साधारणसभाले सञ्चालक समिति र लेखा समिति निर्विरोध निर्वाचित भएको हो । सञ्चालक समितिको अध्यक्षमा विरेन्द्र पोख्रेल,उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, सचिवमा दिपा अधिकारी,सहसचिवमा बिमला पोख्रेल र कोषाध्यक्षमा कमल प्रसाद पोख्रेल चयन भएको निर्वाचन समितिका संयोजक श्याम आचार्यले बताए ।
नौ सदस्यीय गठित सञ्चालक समितिको सदस्यहरुमा केशव भट्टराई, जितु धिमाल,वेदराज पौडेल र अनुसा कार्की चुनिएका छन् । यसैगरि, सुरेन्द्रबहादुर कटवालको संयोजकत्वमा तीन सदस्यीय लेखा सपरिवेक्षण समिति चयन भएको थियो । लेखा समिति सदस्यद्धयमा बलराम धिमाल र रमुना चापागाई चुनिएका छन् । नवनिर्वाचित सञ्चालक र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई गठित निर्वाचन समिति सदस्य सुवास गड्तौलाले प्रमाणपत्र वितरण गर्नुका साथै सपथग्रहण गराएका थिए ।

उत्कृष्ठ कारोवार गर्ने सदस्यहरुलाई सम्मान र पुरस्कार

यसैवीच, संस्थाको शुक्रवार एकीकृत माइन्नेटयूड प्रमाणीकरण गरि औपचारिक रुपमा १७ औ साधारणसभा सम्पन्न भएको व्यवस्थापक सोमप्रसाद दाहालले बताए । दमक उद्योग वाणिज्य संघको सभाहलमा भएको सभामा उत्कृष्ठ बाल बचततर्फ विभास जंग खड्का ,सुप्रिया उप्रेती, जोन कार्की,आरुसी गौतम, दिप दंगाल,,नारी बचत सम्मानबाट रनसरी राई ,उत्कृष्ठ नियमित बचतकर्ता तर्फ दुई जना, मासिक बचतमा ३ जना,उत्कृष्ठ एक वर्ष बचतकर्तामा ३ जना, उत्कृष्ठ कारोवारी कर्जातर्फ ४ जना, उत्कृष्ठ कारोवार गर्ने ५ जना शेयर सदस्यहरुलाई समेत सम्मान पदान गरिएको थियो ।

सोहि सभामा संस्थाले शेयर सदस्य परिवारबाट कक्षा १२ मा उत्कृष्ठ अंक ल्याउने प्रवेश पोख्रेल र रञ्जना मिश्र, उत्कृष्ठ कर्मचारीका रुपमा रविन धिमाललाई नगदसहित पुरस्कृत गरियो भने सञ्चालक समितितर्फ उत्कृष्ठ कारोवार गर्ने दिपा अधिकारी,उपसमितितर्फ उत्कृष्ठ कारोवार गर्ने हेमकला न्यौपानेलाई सम्मान गरिएको थियो ।
यसैगरि, संस्थाले एकल महिलातर्फ कमला कुमारी राउत ,ज्येष्ठ सदस्यतर्फ कुमारी चौधरी,गौरीकान्त पोख्रेल र नारायणी गड्तौलालाई सम्मान गरिएको व्यवस्थापक दाहालले बताए ।

जिल्ला सहकारी संघ झापाका वरिष्ठ उपाध्यक्ष दुर्गा सापकोटाको प्रमुख आतिथ्यता तथा संस्थाकी अध्यक्ष चन्द्रकुमारी खड्का भटटराईको अध्यक्षतामा भएको सभामा शुभमंगल शाकोसका अध्यक्ष उमाकान्त आचार्य, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतले शुभकामना मन्तव्य राखेका थिए । सभामा लेखा समिति संयोजक पर्शुराम रिजालले स्वागत मन्तव्य राखेका थिए ।

दमकको फर्निचर लाईनमा मुख्य कार्यालय रहेको संस्थाको गौरादहमा सेवा केन्द्र सञ्चालनमा छ । १८४७ शेयर सदस्य रहेको संस्थाको कुल वासलात ११ करोड ६९ लाख ७४ हजार ६ सय ४४ पुगेको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.