पथरीशनिश्चरे,१० कार्तिक । नेकपा एमालेको पथरीशनिश्चरे नगर कमिटीको नयाँ नेतृत्व चयन भएको छ । हिजो सम्पन्न पहिलो पालिका अधिवेशनले रमेश दाहालको नेतृत्वमा नयाँ नगर कमिटी गठन भएको हो ।
उक्त नवगठित कमिटीको उपाध्यक्षमा उमनाथ अधिकारी सचिवमा भीमकुमार राईं , उपसचिवद्धयमा लालबहादुर भण्डारी र रुकमिणा बजगाइँ पदाधिकारी रहेको ७५ सदस्यीय पथरी शनिश्चरे नगर कमिटी बनेको छ ।
अधिवेशन उद्घाटनमा संघीय सांसद माननीय भानुभक्त ढकाल, प्रदेश कमिटी सदस्यहरू डीपी राईं, देवराज भण्डारी, डम्बर चोम्बाङ, विजय डाँगी, दिलिपकुमार राईं, सहजीकरण समितिका सदस्यहरू, जिल्ला नेतृत्व, आयोजक कमिटी र पार्टी प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।