अर्पणले रचे ‘स्मरण शक्ति’मा विश्व किर्तीमान

झापा,७ कार्तिक । झापा, भद्रपुरका स्थायी बासिन्दा अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् मेमोरी किङ्गको परिचयले युवा माझ लोकप्रिय अर्पणले लण्डनको ‘वल्र्ड बुक अफ रेकड्र्स’बाट विश्व कीर्तिमान रेकर्ड राखेका हुन् ।
उनले विश्व रेकर्डको उक्त प्रमाणपत्र नेपाल आए लगत्तै सार्वजनिक गरेका छन् । उनले १ मिनटमा ८३ वस्तुहरुको क्रम स्मरण गरेर रचेको यो विश्व कीर्तिमान राखेका हुन् । किर्तीमानको श्रेय उनी आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरुलाई दिन्छन् ।शर्माले यसअघि सन् २०१५ मा १ मिनटमा ४२ वस्तुहरुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए ।
‘यो विश्व रेकर्डको प्रमाणपत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीहरुको भएको महसुस गर्दै आगामी दिनहरूमा अझै वल्र्ड रेकर्डहरू राखेर नेपालको नाम विश्व सामु फैलाउने बाचा गर्दछु’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published.